PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, आइतवार मतदान



पहिलोपोस्ट

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, आइतवार मतदान

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री आचार्यले आज प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश कार्यतालिका रहेको छ। उनको प्रस्तावमाथि आइतवार मतदान हुनेछ।

एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए। आर्चायले त्यसअघि माधव नेपाल खेमामा थिए।

केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell