PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

'पबजी'को नयाँ गेमिङ सेगमेन्ट 'न्यू स्टेट' आउँदै,  नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण



पहिलोपोस्ट

'पबजी'को नयाँ गेमिङ सेगमेन्ट 'न्यू स्टेट' आउँदै,  नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण

'पबजी'ले नोभेम्बर ११ मा आफ्नो नयाँ गेमिङ सेगमेन्ट 'न्यू स्टेट' लन्च गर्ने भएको छ। 'पबजी'को निर्माता दक्षिण कोरियाली कम्पनी क्राफ्टनले नयाँ मोबाइल गेम एन्ड्रोइड र आइओएममा दुईसय बढी देशमा लन्च गर्ने जनाएको छ।

गत सेप्टेम्बरमै क्राफ्टनले नयाँ 'पबजी'को प्रि-रजिष्ट्रेसन खोलिसकेको छ।

अहिलेसम्म पाँच करोडभन्दा बढी प्रि-रजिष्ट्रेसन भइसकेको कम्पनीले जनाएको छ। न्यू स्टेट विभिन्न १७ भाषामा उपलब्ध छ।

न्यू स्टेटको अन्तिम प्राविधिक परीक्षण आगामी साता नेपालसहित २७ देशहरुमा सञ्चालन गर्ने तयारी क्राफ्टनले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell