PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

अनुपम खेर र फेलिसिटी भल्कबीच ३७ वर्षपछि नेपालमा भेट हुँदा...



पहिलोपोस्ट

अनुपम खेर र फेलिसिटी भल्कबीच ३७ वर्षपछि नेपालमा भेट हुँदा...
Photo: Anupam Kher/Twitter

फिल्म ‘उचाइ’को छायांकनको लागि बलिउड अभिनेता अनुपम खेर अहिले नेपालमा छन्। उनी दुई साताअघि  नेपाल आएका हुन्।

नेपालमा रहँदा संयोगवस् उनले एक जना पुरानो साथीलाई भेटेका छन्। सन् १९८४ ताका फिल्म ‘जीवनसन्ध्या’को छायांकनका दौरान भेटिएकी अस्ट्रेलियाली फेलिसिटी भल्कसँग उनको नेपालमा भेट भएको हो।

उनीहरुबीच ३७ वर्षपछि भेट भएको हो। त्यतिबेला १९ वर्षकी भल्कले मुम्बईमा ३७ वर्षअघि आफूलाई फिल्म खेलाइदिन अनुपमसँग आग्रह गरेकी थिइन्।

भल्क अहिले नेपालका लागि अस्ट्रेलियाली राजदूतका रूपमा काठमाडौंमा छिन्। लामो समयपछि बिहीवार भेट हुँदा दुवैजनाले ट्विट गर्दै खुसी साटासाट गरेका छन्।

‘३७ वर्षपछि उनलाई भेट्दा निकै खुसी लाग्यो’ भेटपछि अनुपमले ट्वीटमा भनेका छन्। राजदूत भल्कले पनि अनुपमलाई लामो समयपछि भेट्न पाउँदा खुसी लागेको बताएकी छिन्। भेटका क्रममा भल्कले अनुपमलाई आफ्नो पुस्तक उपहार दिएकी छिन्।

 

भल्क गत फेब्रुअरीदेखि नेपालका लागि अष्ट्रेलियाली राजदूतको रूपमा काठमाडौंमा छिन्। उनी दुई उपन्यास ‘लाइट्निङ’ (२०१३) र ‘डिजायर लाइन्स’ (२०२०) की लेखिका समेत हुन्।

अनुपमको फिल्म ‘उचाइ’को अहिले नेपालका लुक्ला, नाम्चेलगायतका स्थानमा छायांकन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell