PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

१० बुँदेबारे असन्तुष्ट नेतालाई ओलीको सन्देश : दुनियाँलाई नहसाउनुस्, पार्टीमा अब समस्या रहेन



पहिलोपोस्ट

१० बुँदेबारे असन्तुष्ट नेतालाई ओलीको सन्देश : दुनियाँलाई नहसाउनुस्, पार्टीमा अब समस्या रहेन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वडा अधिवेशन उद्घाटन गरेका छन्। केन्द्रीय कार्यालय थापाथलीबाट ओलीले भर्चुअल माध्यमबाट अधिवेश उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका अन्तरिक समस्यालाई बाहिर लगेर दुनियाँ नहसाउन असन्तुष्ट नेताहरुलाई आग्रह गरेका छन्। उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेका बेला ओलीको उक्त अभिव्यक्ति आएको हो।

'पार्टीका आन्तरिक समस्यालाइ बाहिर लगेर छर्ने र दुनियाँलाई हसाउने काम लामो समय देखि भइरहेको छ' उनले भने।

ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयत्न भएको आरोप लगाउँदै अहिले पार्टीमा कुनै समस्या नभएको दाबी गरे।

'पार्टी छोडेर अलग पार्टी बनाउने काम भए। पार्टी एक ढिक्का भएर अघि भएको छ। पार्टीभित्र समस्या रहेन' ओलीले सम्बोधनका क्रममा भने,'पार्टीलाई कमजोर बनाउने खेल भयो। प्रचण्ड पार्टी छोडेर अलग भइसकेपछि र माधव नेपाल अलग भइसकेपछि पार्टी नयाँ ढंगले अगाडि बढेको छ।'

उनले एमाले उन्नत पार्टी भएको बताउँदै व्यवस्थापकिय कौशलताका कारण देशव्यापी रुपमा वडा अधिवेशन गर्न सम्भव भएको जिकिर समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell