PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

डेल्टा प्लस झनै संक्रामक हुन सक्ने बेलायती विशेषज्ञहरुको चेतावनी



पहिलोपोस्ट

डेल्टा प्लस झनै संक्रामक हुन सक्ने बेलायती विशेषज्ञहरुको चेतावनी
Photo : WHO/ Getty Images

बेलायतका विशेषज्ञहरुले कोरोना भाइरसको उत्परिवर्तित स्वरुप 'डेल्टा प्लस' डेल्टा भेरियन्टभन्दा सजिलै सर्न सक्ने बताएका छन्।

बेलायतमा डेल्टा भेरियन्टका संक्रमितहरु बढी पहिचान भएपनि डेल्टा प्लस संक्रमितहरु समेत भेटिएका छन्।

युके हेल्थ सेक्युरिटी एजेन्सीले डेल्टा प्लसलाई 'भेरियन्ट अन्डर इन्भेस्टिगेशन' को रुपमा वर्गिकरण गरेको छ। यो उत्परिवर्तित रुपमा संक्रणको अवस्था गम्भीर पार्ने बारे कुनै प्रमाण फेला परेको छैन। यद्यपि, यो डेल्टा भेरियन्टभन्दा संक्रामक हुन सक्ने बताइएको छ। 

बेलायतमा पछिल्लो समय फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। हाल यस प्रकारको उत्परिवर्तित रुपका केसहरु ६ प्रतिशत रहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell