PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन



पहिलोपोस्ट

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन

काठमाडौं : इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष एवम् सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमिति सदस्य मिरा अधिकारी लामाको निधन भएको छ।

५१ वर्षीया उपाध्यक्ष लामा असोज १९ गते देखि स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको महाराजगन्जस्थित टिचिङ हस्पिटल उपचारका लागि भर्ना भएकी थिइन्। त्यसपछि उनलाई ब्लड क्यान्सर रोग देखा परेको थियो।

उपचारकै क्रममा उनको आज बिहान १० बजे मृत्यु भएको हो। गत स्थानीय तहको निर्वाचनमा एमालेका सरस्वती अधिकारीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

उपाध्यक्ष लामा सिन्धु कांग्रेसका सभापति बिकास लामाकी पत्नी समेत हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell