PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सुर्खेतको सामुदायिक वनमा बम विस्‍फोट, दुईजना घाइते



पहिलोपोस्ट

सुर्खेतको सामुदायिक वनमा बम विस्‍फोट, दुईजना घाइते

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा बम विष्फोट हुदाँ दुई जना घाइते भएका छन्। वीरेन्द्रनगर कटकुवा सामुदायिक वनमा बिहान ११ बजे बेवारिसे अवस्थामा रहेको बम विष्फोट हुदाँ एकै घरका दुई जना घाइते भएका हुन्।

विस्‍फोटमा दैलेख गुराँस गाउँपालिका घर भई सुर्खेतमा भाडामा बस्दै आएका २१ वर्षीया लिला परियार र १४ वर्षीय नरेश परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

‘घाँस काट्न गएको बेलामा बम विष्फोट भएर एकै घरका दिदीभाई सामान्य घाइते भएको अवस्था छ।’ डिएसपी रामप्रसाद घर्तीले भने,‘बम कसले र किन राखेको भन्ने कुराको अनुसन्धान भईरहेको छ।’

घाइते दुवैको स्थानीय देउती अस्पतलामा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell