PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल



रासस

महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल
फोटो : शेरबहादुर सिंह/रासस

महेन्द्रनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिरोका पीडितलाई सहानुभूति व्यक्त गरे। उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराए।

उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरेका थिए। पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए।

उनले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको औँल्याए। बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell