PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

माउन्टको ह्याट्रिकमा चेल्सीको फराकिलो जित



पहिलोपोस्ट

माउन्टको ह्याट्रिकमा चेल्सीको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीमाथि फराकिलो जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले नर्विच सिटीमाथि ७-० को सहज जित निकालेको हो।

चेल्सीको जितमा म्यासन माउन्टले ह्याट्रिक पुरा गर्दा कलुम हुडसन ओडोइ, रिस जेम्स र बेन चिलवेलले समान १/१ गोल गरे। एक गोल भने नर्विचका म्याक्स आर्नोसले आत्मघाती गरेका थिए।

खेलको ८ औं मिनेटमा जोर्गिन्होको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका माउन्टले ८५ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल र अतिरक्त समयमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसबाहेक ओडोइले १८ औं मिनेट र जेम्सले ४२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा चेल्सी ३ गोलले अघि रहेको थियो। दोस्रो हाफमा माउन्टको दुई गोल तथा चिलवेलको ५७ औं मिनेटको गोल र आरोन्सको ६२ औं मिनेटको आत्मघातीगोलको सहायतामा चेल्सीले ७-० को सहज जित निकालेको हो।

जितसँगै ९ खेलबाट २२ अंक जोडेको चेल्सी अंकतालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell