PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

फितलो ब्याटिङ गरेको वेस्टइन्डिजमाथि इङ्ग्ल्याण्डको सहज जित



पहिलोपोस्ट

फितलो ब्याटिङ गरेको वेस्टइन्डिजमाथि इङ्ग्ल्याण्डको सहज जित

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वेस्टइण्डिजले इङ्ग्ल्याण्डसँग लज्जास्पद हार ब्यहोरेको छ। दुबइ इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा वेस्टइण्डिजले ६ विकेटको पराजय ब्यहोरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको वेस्टइण्डिजले फितलो ब्याटिङ गर्दै १४.२ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमा समेटिएको थियो। वेस्टइण्डिजका लागि क्रिस गेलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत जोड्न सकेनन्। उता इङ्ग्ल्याण्डका आदिल रसिदले २ रनदिँदै सर्वाधिक ४ विकेट लिँदा मोइन अली र टाइमल मिल्सले समान २/२ विकेट लिए। त्यस्तै क्रिस ओएक्स र क्रिस जोर्डनले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले जोस बटलरको अभिजित २४ रन र इयोन मोर्गनको अभिजित ७ रनको सहायतामा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। त्यसबाहेक जेसन रोयले ११ रन तथा जोनी बेयरस्ट्रोले ९ रनको योगदान दिँदा ८.२ ओभरमा इङ्ग्ल्याण्डले लक्ष्य पुरा गरेको हो।

आजै सम्पन्न अघिल्लो खेलमा अस्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै सुखद सुरुवात गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell