PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

म्यानचेस्टर सिटीको सहज जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनमाथि सहज जित निकालेको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली ब्राइटोनलाई ४-१ गोलअन्तरले हराएको हो।

खेलको १३ औं मिनेटमा इल्के गुण्डोगनको पासमा अग्रता बनाएको सिटीका लागि २८ र ३१ औं मिनेटमा फिल फोडेनले गोल थपे। पहिलो हाफमा ३-० ले पछि रहेको ब्राइटोनका लागि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एलेक्सिस म्याक एलिस्टरले ८१ औं मिनेटमा सान्त्वना गोल फर्काए। उता सिटीका रियाद महरेजले इन्जुरी समयमा गोल थप्दा सिटीले ४-१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

गएराति नै सम्पन्न अन्यखेलहरुमा चेल्सीले नर्विच सिटीमाथि ७-० को फराकिलो जित निकाल्दा क्रिस्टल प्यालेस र न्युक्यासल १-१ को बराबरीमा रोकिए। त्यस्तै वार्डफोर्डले एभर्टनलाई ५-२ ले हराउँदा लिड्स युनाइटेड र वुल्भ्स २-२ को बराबरीमा रोकिए।

तालिकाको शीर्षस्थानमा ९ खेलबाट २२ अंक जोडेको चेल्सी छ भने समान खेलबाट २० अंक जोडेको सिटी दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell