PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

धनुषा र सर्लाहीका एसपी फेरिए, सर्लाहीमा एसपी प्रसाईँ र धनुषामा रजौंरे



पहिलोपोस्ट

धनुषा र सर्लाहीका एसपी फेरिए, सर्लाहीमा एसपी प्रसाईँ र धनुषामा रजौंरे

काठमाडौंः धनुषा र सर्लाही जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

विभिन्न विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालय नक्साले दुई एसपीलाई जिल्लाबाट हटाएको हो। सर्लाहीको प्रहरी प्रमुखमा एसपी कृष्ण प्रसाईँलाई काज सरुवा गरिएको छ। सन्तोषसिंह राठौंरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। राठौंर सार्वजनिक स्थानमा आफैँ जुवा खेलेको भिडिओ सार्वजनिक भएपछि विवादमा मुछिएका थिए।

त्यस्तै धनुषामा एसपी वसन्त रजौरेलाई पठाइएको छ। धनुषा जिल्लामा कार्यरत प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा तानिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell