PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

समीक्षाको स्पष्टीकरण : पल अभिभावक हो, हामीबिच कुनै सम्बन्ध छैन



पहिलोपोस्ट

समीक्षाको स्पष्टीकरण : पल अभिभावक हो, हामीबिच कुनै सम्बन्ध छैन
तस्विर : समीक्षा अधिकारी/फेसबुक

काठमाडौं : पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी चर्चामा छन्। दुबैबिचको सम्बन्धलाई लिएर सामाजिक संजाल र मिडियामा धेरै कुरा आउन थालेपछि समीक्षाले स्पष्टीकरण दिएकी छिन्।

समीक्षाले मिडियामा आएजस्तो पलसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताएकी छिन्। उनले फेसबुकमा पल र आफ्नो सम्बन्धलाई लिएर तोडमोड गरेर तुच्छ समाचार आएको र आफ्नो चरित्र हत्या गरिएको बताएकी छिन्। साथै यस्ता मानहानी र चरित्र हत्या हुने किसिमका समाचारले आफुलाई निकै दु:खी बनाएको उल्लेख गरेकी छिन् उनले।

'एउटै इण्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफुसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ। म उहाँको सदैव फ्यान पनि हुँ। हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ' उनले लेखेकी छिन्।

उनले मिडियाहरुलाई आफूहरुको बारेमा झुटा समाचार नबनाउन आग्रह गदै हल्लाका पछि नलाग्न समेत अनुरोध गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell