PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

रोचक राजनीति : कांग्रेस वडाका उपसभापति एमालेको वडा सचिवमा चयन



पहिलोपोस्ट

रोचक राजनीति : कांग्रेस वडाका उपसभापति एमालेको वडा सचिवमा चयन

काठमाडौं : सुदूर पश्चिम प्रदेशको दार्चुलामा नेपाली कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक नेता एमालेको वडा सचिवमा पनि चयन भएका छन्।

नेपाली कांग्रेसको वडा अधिवेशनबाट उपसभापतिमा चयन भएका शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को एमाले वडा सचिवमा पनि चयन भएका हुन्।

शनिवार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल वडा सचिवमा समेत चयन भएको सुनेको महाकाली वडा २ का वडा अध्यक्ष गौरसिंह साहुले जानकारी दिए।

'भदौ अन्तिमतिर कांग्रेस प्रवेश गरेका थिए। पहिले पनि एमाले कार्यकर्ता हुन्,' वडाध्यक्ष साहुले भने, 'के कारणले फेरि पुरानो पार्टीमा फर्किए थाहा हुन सकेको छैन।'

साहु गत निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। पूर्व शिक्षकसमेत रहेका डोबाललाई महाकालीका नगरप्रमुख हंसराज भट्टले गत भदौ ३१ गते कांग्रेसमा स्वागत गरेका थिए।

उनको स्थानमा नयाँ वडा उपसभापति चयन गरिनेसमेत उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell