PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

विद्यार्थीलाई 'होमवर्क प्रेसर'बाट मुक्ति दिन चीनले ल्यायो नयाँ शिक्षा कानुन



पहिलोपोस्ट

 विद्यार्थीलाई 'होमवर्क प्रेसर'बाट मुक्ति दिन चीनले ल्यायो नयाँ शिक्षा कानुन
Photo : Getty Images

चीनले विद्यार्थीहरुलाई 'होमवर्क प्रेसर' बाट मुक्ति दिन नयाँ कानुन ल्याएको छ। स्थानीय संचारमाध्यमका अनुसार चीनले धेरै गृहकार्य र विद्यालय समय पछिको ट्युसन कक्षाबाट विद्यार्थीहरुलाई राहत दिन नयाँ शिक्षा कानुन पारित गरेको हो।

सरकारले अभिभावकहरुलाई आफ्ना सन्तानलाई समयमा विश्राम र व्यायाम गराउन आग्रह गरेको छ। साथै, उनीहरुलाई धेरैसमय अनलाईनमा बिताउन नदिन समेत भनेको छ।

गत अगस्टमा चीनले ६ र ७ वर्षका बालबालिकाको लिखित परीक्षा लिन रोक लगाएको थियो।

विद्यार्थीलाई मानसिक र शारीरिक असर परेको भन्दै उनीहरुलाई राहत दिन नयाँ कानुन ल्याइएको हो।

उक्त कानुन शनिवार नेशनल पिपल्स कंग्रेसको स्थायी कमिटीले पारित गरेको हो। कानुनको पूर्णपाठ भने सार्वजनिक गरिएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell