PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मुस्ताङमा सुरु भयो ‘कबड्‌डी ४- द फाइनल म्याच’ को छायाङ्कन



पहिलोपोस्ट

मुस्ताङमा सुरु भयो ‘कबड्‌डी ४- द फाइनल म्याच’ को छायाङ्कन

फिल्म ‘कबड्‌डी’को चौथो सिरिजको छायाङ्कन आजबाट सुरु भएको छ। 'कबड्डी ४- द फाइनल म्याच'को छायाङ्कन मुस्ताङमा आजबाट सुरु गरिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए।

फिल्म छायाङ्कनको लागि तीनदिनअघि नै फिल्म टोली मुस्ताङ पुगेको थियो। फिल्म छायाङ्कनका लागि ३५ दिनको सेड्युल रहेको गुरुङले बताए।

'स्वास्थ्य मापदण्ड ध्यानमा राखेर हामीले फिल्मको छायाङ्कन सुरु गरेका छौँ। सबैले खोप लगाउनु भएको छ। साथै सबैको पीसीआर रिपोर्ट पनि नेगेटिभ नै छ' उनले भने।

मणिराम पोखरेल निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell