PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

अफगानी नागरिकको मानवअधिकार रक्षा गर्न राष्ट्र संघले पहल गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

अफगानी नागरिकको मानवअधिकार रक्षा गर्न राष्ट्र संघले पहल गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले तालिवानले सत्ता चलाइरहेको अफगानिस्तानमा नागरिकहरुको अधिकार रक्षाका लागि संयुक्त राष्ट्र संघले कदम चाल्नुपर्ने माग गर्दै आज प्रदर्शन गरेको छ।

संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसरमा समाजले माइतीघर मण्डलमा अफगानी नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणको माग गर्दै राष्ट्रसंघको ध्यानाकर्षण गराएको हो।

तालिवानले जननिर्वाचत सरकारलाई अपदस्त गर्दै अहिले अफगानिस्तानमा आफ्नो नेतृत्वमा सरकार चलाइरहेको छ। हाल अफगानिस्तानमा महिला, अधिकारकर्मी लगायत विभिन्न क्षेत्रका मानिसहरुले आफ्नो अधिकार हनन भएको भन्दै तालिवानको विरोध गरिरहेको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell