PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेश जाने



पहिलोपोस्ट

जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेश जाने
तस्बिर: राखेप

काठमाडौं: पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्यास्टिक  च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष/महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्यास्टिक संघका महासचिव मुकुन्दराज शर्माले बताए।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन्। जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन्। प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन्। अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell