PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

थपिए ५५७ जना संक्रमित, थप ७५७६ जनाले लगाए खोप



पहिलोपोस्ट

थपिए ५५७ जना संक्रमित, थप ७५७६ जनाले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ८७७ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २०१ पुगेको छ।

संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ३४८ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell