PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

थापाथलीमा सरेको ६ महिनापछि एमालेले केन्द्रीय कार्यालय च्यासलमा सार्दै



पहिलोपोस्ट

थापाथलीमा सरेको ६ महिनापछि एमालेले केन्द्रीय कार्यालय च्यासलमा सार्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट ललितपुरको च्यासलमा सर्ने भएको छ।

च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कार्यालय सर्न लागेको महासचिव इश्वर पोखरेलले जानकारी दिए। पार्टी कार्यालयका लागि प्रतिष्ठानसँग सहमति भएको पोखरेलले बताएका छन्। 

एमालेको पार्टी कार्यालय २०७८ बैशाख १ गतेदेखि थापाथलीमा संचालनमा आएको थियो। धुम्बाराहीमा रहेको पार्टी कार्यालय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहाकार रहेका मोतिलाल दुगडका आफन्तको घरमा सरेको थियो।

थापाथलीमा कार्यालय सञ्चालन भएको ६ महिनापछि फेरी कार्यालय सर्न लागेको हो। एमालेले ठाउँ अभाव देखाउँदै पार्टीका गतिविधिहरु च्यासलमा गर्दै आएको थियो।

एमालेले बल्खुमा पार्टीका नाममा रहेको १३ रोपनी जग्गामा पार्टी कार्यालय बनाइरहेको छ। २०५३ सालमा बल्खुमा बनेको पार्टी कार्यालयमा २०७२ सालको भुकम्पमा क्षति भएपछि धुम्बाराहीमा सारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell