PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

टी २० विश्वकप: पाकिस्तानलाई भारतको १५२ रनको लक्ष्य



पहिलोपोस्ट

टी २० विश्वकप: पाकिस्तानलाई भारतको १५२ रनको लक्ष्य
Getty Images

आईसीसी टी २० विश्वकप अन्तर्गत आज जारी खेलमा चिर प्रतिद्वन्दी भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको हो। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको भारतको ओपनिङ राम्रो हुन सकेको थिएन। ओपनर रोहित शर्मा शुन्य रनमा र केएल राहुल ३ रनमा आउट भएका थिए। दुवै ओपनरलाई साहिन अफ्रीदीले आउट गराएका थिए। त्यसबाहेक सूर्यकुमार यादवले ११ रन बनाउँदा बिराट कोहली र ऋषभ पन्तले भारतको स्कोर उकासेका थिए। पन्तले ३० बलमा २ चौका र २ छक्काको सहायतामा ३९ रन बनाउँदा कप्तान कोहलीले अर्धशतकीय पारी खेल्दै ५७ रनको महत्वपूर्ण योगदान दिए। त्यसबाहेक रवीन्द्र जडेजाले १३ रन जोड्दा हार्दिक पाण्ड्याले ११ रन बनाए।

बलिङतर्फ पाकिस्तानका सहीन अफ्रीदीले सर्वाधिक ३ विकेट लिँदा हसन अलीले २ र शहाब खान र हरिस रउफले १ विकेट लिए।

पाकिस्तान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell