स्पेनिस ला लिगामा आज सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले जित निकालेको छ। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनालाई मड्रिडले २-१ गोल अन्तरले हराएको हो।
खेलको ३२ औं मिनेटमा रोड्रिगोको पासमा डेबिड अलाबाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्ज्युरी समयमा लुकास भाजक्वेजले गोल गर्दै अग्रता दोब्बर बनाए। यद्यपि लगत्तै बार्सिलोनाका सर्जियो अग्युरोले गोल गरे। तर, उनको गोल बार्सिलोनालाई खेलमा फर्काउन पर्याप्त भएन। र, रियलले २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै ९ खेलबाट २० अंक जोडेको मड्रिड अंकतालिकाको शीर्षस्थानमा छ भने समान खेलबाट १५ अंक जोडेको बार्सिलोना ९ औं स्थानमा छ।
