PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भारतमाथि पाकिस्तानको सानदार जित



पहिलोपोस्ट

भारतमाथि पाकिस्तानको सानदार जित
Photo: AFP/Getty Images

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा चिर प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। १५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा बिना कुनै विकेटको क्षति लक्ष्य पुरा गरेको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको भारतको ओपनिङ राम्रो हुन सकेको थिएन। ओपनर रोहित शर्मा शुन्य रनमा र केएल राहुल ३ रनमा आउट भएका थिए। दुवै ओपनरलाई साहिन अफ्रीदीले आउट गराएका थिए। त्यसबाहेक सूर्यकुमार यादवले ११ रन बनाउँदा बिराट कोहली र ऋषभ पन्तले भारतको स्कोर उकासेका थिए। पन्तले ३० बलमा २ चौका र २ छक्काको सहायतामा ३९ रन बनाउँदा कप्तान कोहलीले अर्धशतकीय पारी खेल्दै ५७ रनको महत्वपूर्ण योगदान दिए। त्यसबाहेक रवीन्द्र जडेजाले १३ रन जोड्दा हार्दिक पाण्ड्याले ११ रन बनाए।

बलिङतर्फ पाकिस्तानका सहीन अफ्रीदीले सर्वाधिक ३ विकेट लिँदा हसन अलीले २ र शहाब खान र हरिस रउफले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवान र बाबर आजमले अर्धशतकीय पारी खेल्दै पाकिस्तानको जित सुनिश्चित गरे। रिजवानले अभिजित ७९ रन बनाउँदा आजमले ६८ रन बनाए। विश्वकप अन्तर्गतको खेलमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell