PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सिनामंगलको एक होटेलबाट ११ जना अफगानी नागरिक पक्राउ, भारत हुँदै नेपाल छिरेको आशंका



पहिलोपोस्ट

सिनामंगलको एक होटेलबाट ११ जना अफगानी नागरिक पक्राउ, भारत हुँदै नेपाल छिरेको आशंका

काठमाडौं : अवैधरुपमा नेपाल प्रवेश गरेका अफगानीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज ११ जना अफगानी नागरिकलाई नियन्त्रणमा लिएको हो। सिनामंगलको एक होटलमा बसिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको व्यूरोका एसपी श्याम महत्तोले जानकारी दिए।

प्रहरीले तीन जना बालबालिका, ३ महिलासहित ११ जनालाई नियन्त्रणमा लिएको हो।

'अफगानी मुलका नागरिक भनेर नै नियन्त्रणमा लिएको हो। को हुन् के हो? कसरी आए? भन्ने विषयमा अनुसन्धान भइरहेको छ,' व्यूरोका एसपी श्याम महतोले भने।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनीहरु सडकमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell