PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आफूबाहेक १३ न्यायाधीशलाई इजलास तोके प्रधान न्यायाधीश जबराले



पहिलोपोस्ट

आफूबाहेक १३ न्यायाधीशलाई इजलास तोके प्रधान न्यायाधीश जबराले

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू बाहेक सबै न्यायाधीशहरुलाई इजलास तोकेका छन्। जबराले आफू बाहेकका सात इजलास तोकेका हुन्। १३ जना न्यायाधीशका लागि इजलास तोकिएको छ।

इजलास तोके पनि सुरु भने भएको छैन। आजका लागि प्रधान न्यायाधीश जबराले नेपाल बार एसोसिएसनसहित सर्वोच्च अदालतको फूल कोर्ट डाकेका छन्। विवादमा घेरिँदै आएका जबराले स्थितिलाई आफू अनुकूल बनाउन फूल कोर्ट डाकेको भए पनि न्यायाधीशहरुको बहुमत संख्याले त्यसलाई बहिस्कार गर्ने रणनीति लिएका छन्। यसकारण पनि आजको इजलास र फूल कोर्टमा सबैको चासो छ। 

करिब १३ महिना कार्यकाल बाँकी रहँदा फेरि जबरा संकटमा छन्। संवैधानिक निकायदेखि मन्त्रीसम्म उनले कोटा मागेको भन्दै प्रश्न उठेको छ। जबराले त्यसलाई खण्डन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell