PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपाल यू २३ फुटबल टोलीले आज इरानको सामना गर्दै



पहिलोपोस्ट

नेपाल यू २३ फुटबल टोलीले आज इरानको सामना गर्दै
तस्बिर: एन्फा

काठमाडौं: नेपाली यू २३ फुटबल टोलीले आज इरानको यू २३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपाल र इरान आज साँझ पौने ५ बजे आमनेसामने हुनेछन्।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयमात्र तयारी गरेको र साफ च्याम्पियनसिपमा केही खेलाडी सहभागि रहेकाले तयारी केही प्रभावित रहेको बताए। यद्यपि टिम अहिले सकारात्मक भएको बताए।

'तीनवटै हाम्रा प्रतिस्पर्धि टिमहरु स्तरीय छन्। हामीले सत्यलाई स्वीकार्नु पर्छ र हामी राम्रो नतिजाका लागि प्रयास गर्नेछौं,' प्रशिक्षक महर्जनले भने, 'हामी हाम्रो बेस्ट दिने प्रयास गर्नेछौं।'

यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्।

नेपालले अन्य खेलमा अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell