PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दरबारमार्ग वृत्तका डीएसपी फेरिए, पौडेलको ठाउँमा खड्काले इन्चार्ज सम्हाल्ने



पहिलोपोस्ट

दरबारमार्ग वृत्तका डीएसपी फेरिए, पौडेलको ठाउँमा खड्काले इन्चार्ज सम्हाल्ने

काठमाडौं : महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डीएसपी फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयले डीएसपी विश्वराज खड्कालाई दरबारमार्ग वृत्तमा काज सरुवा गरेको हो। त्यस्तै दरबारमार्ग वृत्तमा कार्यरत रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। काठमाडौं जिल्लामा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत १४ वटा वृत्तहरू रहेका छन्।

महानगरीय प्रहरी वृत्त दरबारमार्ग पोस्टिङको हिसाबले आकर्षण मान्ने गरिन्छ। त्यसैले राजनीतिक आडदेखि अन्य भनसुनमा समेत डीएसपी दरबारमार्ग वृत्त छान्ने  गर्छन्। दरबारमार्ग, बौद्ध, लैनचौर, गौशाला आकर्षण वृत्तका रूपमा लिइने गरिएको छ।

सुरक्षाको हिसाबले चुनौती पनि यी वृत्तमा उतिकै हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell