PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

चीनले एक्कासी रोक्यो बेइजिङ म्याराथन, कोभिड १९ को त्रास जारी



पहिलोपोस्ट

चीनले एक्कासी रोक्यो बेइजिङ म्याराथन, कोभिड १९ को त्रास जारी
GETTY IMAGES

कोभिड १९ को संक्रमण बढ्ने संकेत मिलेसँगै चीनले बेइजिङ म्याराथन स्थगित गरेको छ। भाइरसको संक्रमण ह्वात्तै बढ्नसक्ने चेतावनी स्वास्थ्य हेर्ने उच्च निकायले दिएपछि यस्तो निर्णय भएको हो।

चीनका ११ प्रान्तमा गरी १ सय ३३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ। संक्रमण देखिएका सबेमा डेल्टा भेरियन्ट पुष्टि भएको छ जुन असाध्यै तीब्र गतिमा फैलिन सक्छ। म्याराथन स्थागित भएसँगै चीनमा हुने सन् २०२२ को गृष्मकालीन ओलम्पिकको अवस्था के हुन्छ भन्नेमा संशय पैदा भएको छ।

सन् १९८१ देखि लगातार सञ्चालन हुँदै आएको प्रतियोगिता हो बेइजिङ म्यराथन। यो चीनको सबैभन्दा ठूलो प्रतियोगितामध्येको एक मानिन्छ। 

थियानमेन स्क्वायरबाट सुरु भएर बेइजिङ ओलम्पिक पार्कको सेलिब्रेसन स्क्वायरमा सकिन्छ यो प्रतिस्पर्धा। 

यसमा करिब ३० हजार ले सहभागिता जनाउने अपेक्षा गरिएको थियो। अक्टोबर ३१ मा प्रतियोगिता हुने तय थियो। 

म्याराथन आयोजकले संक्रमण बढ्नसक्ने देखिएका कारण कार्यक्रम स्थगित गर्न परेको जनाएका छन्। विशेषगरी खेलाडी, कर्मचारी र स्थानीयको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले खेल रोकिएको उनीहरुले जनाएका छन्। 

पछिल्लो समय चीनले संक्रमणको प्रभाव बढी भएका मुलुकमा यात्रा गरेकालाई कडाइ गर्न थालेको छ। संक्रमण बढ्न नदिनका लागि उसले प्रान्तीय स्तरका टुर एन्ड ट्राभल एजेन्सीमाथि रोक लगाएको छ। चीनले जेरो-कोभिड रणनीति लागू गरेर यसमाथि नियन्त्रणको प्रयास अगाडि बढाइरहेको छ। चीनको ७५.६ प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन्।      
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell