PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

अमेरिकाबाट आएको फाइजर खोपलाई टेकुमा लगेर राखियो, प्राथमिकतामा को ?

अमेरिकाबाट आएको फाइजर खोपलाई टेकुमा लगेर राखियो, प्राथमिकतामा को ?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप प्रदान गरेको छ। सोमवार बिहान ९ बजे खोप त्रिभुवन विमानस्थल आइपुगेको खोप स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ।

विमानस्थलबाट खोपलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा रहेको रेफ्रिजिरेटरमा राखिएको छ। यो खोपलाई निश्चित तापक्रममा अल्ट्रा कोल्ड फ्रिजर, फ्रिजर वा रेफ्रिजिरेटरमा राख्नु पर्छ। रेफ्रिजिरेटरमा २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा यो खोपलाई ३१ दिनसम्म राख्न सकिन्छ।

यो खोप बालबालिकालाई दिने तयारी छ। तर, थोरै संख्यामा मात्रै खोप लगाएकोले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल भइरहेको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell