PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मध्य सडकमै यति ठूलो भ्वाँङ! सकस चालकलाई, आपत् ट्राफिक प्रहरीलाई

मध्य सडकमै यति ठूलो भ्वाँङ! सकस चालकलाई, आपत् ट्राफिक प्रहरीलाई

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राजधानीको व्यस्त सडक मानिने तीनकुने - बानेश्वर खण्डको मीन भवन नजिकैको दृश्य हो यो। मध्य सडकमुनि रहेको ढलको मंगल भत्किएपछि सडकको यस्तो दुरावस्था देखिएको हो। 

'खाडल ठूलो भएकाले यातायातमा समस्या देखिन गयो। त्यसैले यसलाई छिटो बनाउन पहल गरिरहेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीवदाश शर्माले भने। उनका अनुसार मध्य सडक यसरी भाँसिएपछि यातायात व्यवस्थापनमा समस्या देखिएको छ। अर्कातिर यही रुट प्रयोग गरेर यात्रा गर्नेहरु जाममा पर्ने देखिएको छ।

मध्य सडकमा फराकिलो बन्दै गएको खाडलका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell