PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

न्यायाधीशहरु जबराविरुद्ध छलफलमा जुट्दा इजलास प्रभावित, २ सय १६ वटा पेशी यता न उता



पहिलोपोस्ट

न्यायाधीशहरु जबराविरुद्ध छलफलमा जुट्दा इजलास प्रभावित, २ सय १६ वटा पेशी यता न उता

काठमाडौं : १३ जना न्यायाधीशहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको छलफलमा जुट्दा तोकिएका इजलासहरु आज प्रभावित बनेका छन्। प्रधान न्यायाधीशले आज एकल र संयुक्त गरेर सात वटा इजलास तोकेका थिए।

केही समयअघि न्यायाधीशहरु प्रधान न्यायाधीश जबराविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तयार गर्न बैठकमा जुटेका हुन्। हिजो नै १४ जना न्यायाधीशले प्रधान न्यायाधीले डाकेको बैठक बहिस्कार गर्ने सार्वजनिक भएको थियो। आजको बैठकमा भने १३ जनामात्र न्यायाधीश सहभागी छन्। उनीहरुको इजलासमा २ सय १६ वटा पेशी चढेको थियो। तर, न्यायाधीशहरु छलफलमा हुँदा इजलास चल्न सकेको छैन।

प्रधान न्यायाधीश जबराले आज नेपाल बार एशोसिएशन र सर्वोच्‍च अदालत बार एशोसिएशनका पदाधिकारीसहित फूलकोर्ट बोलाएका छन्। न्यायाधीशहरुको छलफल सकिएपछि फुलकोर्ट राख्ने तयारी भइरहेको अदालत स्रोतले जानकरी दिएको छ।

न्यायाधीशहरु नहकुल सुवेदी, ईश्वर खतिवडा, सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा बिदामा भएकाले छलफलमा सहभागी छैनन्। 

विभिन्न संवैधानिक नियुक्ति तथा मन्त्रिपरिषदमा समेत प्रधान न्यायाधीशले भाग खोजेपछि प्रधान न्यायाधीश जबरा विवादको घेरामा छन्। सेफल्यान्डिङका लागि जबराले फूल कोर्ट डाकेको भए पनि अहिले छलफलमा रहेका न्यायाधीशहरुको सहभागिता के हुन्छ यकिन हुन सकेको छैन।

जबराको सर्वोच्चभित्र र बाहिर पनि आलोचना भइरहेको छ। आइतवार मात्रै नेपाल बार एशोसिएशनले जबरालाई भेटेर यस विषयमा छलफल गरेको थियो। त्यही बैठकमा जबराले फूल कोर्ट डाक्ने बताएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell