PahiloPost

May 28, 2025 | १५ जेठ २०८२

रामचन्द्र पौडेलले भने : महाधिवेशनमा म पनि सभापतिमा उठ्छु



रासस

रामचन्द्र पौडेलले भने : महाधिवेशनमा म पनि सभापतिमा उठ्छु

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्।

नेपालगञ्जमा आज आयोजित एक कार्यक्रममा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए।

'प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो।  हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ', उनले भने, 'कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ' उनले भने।

पौडेलले अब पनि समयमै अधिवेशन नभए पार्टी संकटमा पर्नसक्ने बताए।

'पार्टीको अधिवशेन हुनुपर्छ।  नत्र पार्टी वैधानिक संकटमा पर्नसक्छ', पौडेलले भन्नुभयो, 'वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ। यही चुनौतीको घडीमा हामी छौँ।'

कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षाअनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उहाँले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तिलाई दोहोर्‍याउन नहुने सुझाव दिए।

आगामी निर्वाचनमा कांग्रेस एक्लै जान्छ कि गठबन्धन बन्छ भन्ने जिज्ञासामा उनले भने, 'हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ। देशको परिस्थितिले कस्तो आउँछ, त्यतिखेर नै निर्णय होला।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell