PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अफगानिस्तानमा खाद्य संकट, खानेकुरा किन्न नागरिकले बेच्न थाले सम्पत्ति



पहिलोपोस्ट

अफगानिस्तानमा खाद्य संकट, खानेकुरा किन्न नागरिकले बेच्न थाले सम्पत्ति
Photo :Jorge Silva/REUTERS

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले अफगानिस्तानमा खाद्य संकट बढ्दै गएको बताएको छ। तत्काल खाद्य सामाग्री उपलब्ध नगराए तालिवान शासित अफगानिस्तानमा लाखौं मानिस भोकै हुने चेतावनी डब्लुएफपीले दिएको हो।

डब्लुएफपीका अनुसार अफगानिस्तानको कूल जनसंख्याको आधारभन्दा बढी नागरिकले खाद्य अभाव भोग्नु परेको छ। ३० लाख भन्दा बढी बालकालिका यो संकटको शिकार भएका छन्।

डब्लुएफपीका निर्देशक डेभिड बेस्लीले अफगानिस्तानले विश्वकै गम्भीर मानविय संकट झेलिरहेको बताएका छन्।

अफगानिस्तानमा तालिवान शासनपछि त्यहाँको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ। अफगानिस्तानलाई पश्चिमेली र अमेरिकी राष्ट्रहरुले दिँदै आएको सहयोग समेत रोकिएको छ। साथै, विश्व बैंक लगायतका संस्थाले समेत तालिवान सरकारलाई रकम उपलब्ध नगराउने भनिसकेको छ।

खाद्य सामाग्रीको मूल्य अफगानिस्तानमा निकै बढेको र खानेकुरा किन्न मानिसहरुले आफ्नो सम्पत्ति समेत बेच्न थालेको बताइएको छ। संकट बढ्दै जाँदा अफगानिस्तानमा मानव बेचबिखन पनि बढ्न सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell