PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १ जना संक्रमणमुक्त



पहिलोपोस्ट

थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १ जना संक्रमणमुक्त

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८ सय ६४ जनाको नमुना परीक्षण गर्दा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो। सोही समयमा  ५ सय १ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १० हजार ३ सय ६० रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण भएका १३ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ६१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell