PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

प्रदेश २ का मुख्यमन्त्रीलाई जनमत पार्टीको चेतावनी, 'जनकपुरमा जस्तोसुकै जनकारबाही हुनसक्छ'



राधेश्याम पटेल

प्रदेश २ का मुख्यमन्त्रीलाई जनमत पार्टीको चेतावनी, 'जनकपुरमा जस्तोसुकै जनकारबाही हुनसक्छ'

वीरगंज : सीक राउत नेतृत्वको जनमत पार्टीले पक्राउ परेका कार्यकर्ताहरुलाई यथाशीघ्र रिहाई गर्न माग गरेको छ। रिहाई नगरे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश सरकारविरुद्ध आन्दोलन शुरु गर्ने चेतावनी उक्त पार्टीले दिएको छ। खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा जनमत पार्टीका कार्यकर्ता पक्राउ परेका थिए।

सोमवार पार्टीको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका कार्यकर्तालाई हिरासतमा दमन गर्ने र भइरहेको आन्दोलनलाई तितरबितर पार्न प्रदेश सरकारले जनमत पार्टीको विरुद्धमा लागेको आरोप लगाउँदै कार्यकर्ता नछुटे गाउँगाउँबाट कार्यकर्तालाई मुख्यमन्त्री राउतलाई घेराउ गर्न आउने चेतावनी दिइएको छ।

‘प्रदेश नं २ का मुख्यमन्त्री र जनता समाजवादी पार्टीको निर्देशनमा हिरासतभित्र रहेका १७ जना कार्यकर्तालाई यातना दिने र आन्दोलनलाई दबाउन निर्देशन दिइएको छ,’ पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले भनेको छ, ‘अढाई लाख सुरक्षाकर्मीले ३ करोड जनतालाई कसरी रोक्न सक्छन्,जनताले चाहे भने सुरक्षा घेरामा रहेका जोकसैलाई पनि जनकारबाही गर्न सक्नेछन्।’

सेनाप्रहरीको घेरामा बसे पनि जनमत पार्टीले जस्तोसुकै कारवाही गर्नसक्ने चेतावनीसमेत दिएको छ। 'तपाईंहरूलाई सेना प्रहरीको घेरामा बस्दा बस्दा धेरै घमण्ड भएको होला, तर २-२.५ लाख सेना प्रहरीले तीन करोड़ जनतालाई रोक्न सक्छ? जनताले चाह्यो भने यहीं जनकपुरमा १५ मिनेटभित्र जस्तोसुकै सुरक्षा घेराभित्र जनकारबाही गर्न सक्छ,' सचिवालयको फेसबुकमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ। उक्त पार्टीले सोमवार पनि प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell