PahiloPost

May 14, 2024 | १ जेठ २०८१

एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित



पहिलोपोस्ट

एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित
तस्बिर: एन्फा

काठमाडौं: एएफसी यू २३ क्वालिफायर्स अन्तर्गत आज ताजकिस्तानमा सम्पन्न खेलमा नेपाल इरानसँग ४-० गोलअन्तरले पराजित भएको छ। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा इरानले दोस्रो हाफमा ४ गोल गरेको थियो। जितसँगै इरानले ३ अंक जोडेको छ।

यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्।

नेपालले अन्य खेलमा अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell