PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सर्वोच्च बारको निष्कर्ष, ‘न्यायपालिकालाई संकटबाट जोगाउन प्रधानन्यायाधीशको राजीनामा’ 



पहिलोपोस्ट

सर्वोच्च बारको निष्कर्ष, ‘न्यायपालिकालाई संकटबाट जोगाउन प्रधानन्यायाधीशको राजीनामा’ 

काठमाडौँः सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकालाई संकटबाट जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नुपर्ने माग गरेको छ। सल्लाहकार समितिसँगको परामर्शपछि सोमबार बसेको बैठकले संकटमोचनका लागि जबराले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको हो। 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस बार एशोसिएशनका पूर्व अध्यक्ष तथा पूर्व सचिव समेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझाव समेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समूचित निकासका लागि मार्गप्रशस्त गर्न सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समक्ष सर्वोच्च अदालत बार एशोसिएशन जोडदार माग गर्दछ।’

सर्वोच्च बारले प्रधानन्यायाधीशले संवैधानिक दायित्व पूरा गर्न नसकेको पनि निष्कर्ष निकालेको छ। न्याय प्रशासन सञ्चालनमा प्रभावकारी नेतृत्व गर्न प्रधानन्यायाधीश असमर्थ भएको पनि विज्ञप्तिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell