PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

शाही पदवी त्याग्दै प्रेमीसँग विवाह बन्धनमा बाँधिइन् जापानी राजकुमारी



पहिलोपोस्ट

शाही पदवी त्याग्दै प्रेमीसँग विवाह बन्धनमा बाँधिइन् जापानी राजकुमारी
Photo : Getty Images

जापानी राजकुमारी माकोले प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छिन्। एउटै कलेजमा पढेका उनीहरु नजिकिएका थिए र विवाह गर्ने निर्णय गरेका थिए।

जापानी कानुन अनुसार शाही परिवारको महिला सदस्यले सर्वसाधरणसँग विवाह गरेमा शाही पदवी गुम्छ। माकोले शाही परिवार बाहिर गएर कोमुरोसँग विवहा गरेपछि उनको शाही पदवी पनि गुमेको छ।

तर, पुरुष सदस्यले नागरिकसँग विवाह गरेमा भने उनको पद जाँदैन। कोमुरोसँग विवाह गर्ने माकोको निर्णयसँगै जापानमा उक्त कानुनको बारेमा धेरै आलोचना भएको थियो।  

माकोको विवाहमा राजपरिवारको सदस्यको विवाहमा गरिने परम्परागत कार्यक्रम गरिएन। सामान्य रुपमा विवाह गरेकी माकोले मंगलवार बिहान राजदरबार छाडेकी हुन्। उनले राजपरिवारबाट बिदा हुँदा पाउने रकम समेत लिन अस्वीकार गरेकी छिन्।

विवाहपछि उनीहरु अमेरिकामा जाने बताइएको छ। कोमुरो अमेरिकामा अधिवक्ताका रुपमा कार्य गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell