PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

म्याद गुज्रिएका सामानमा रिलेभलिङ गर्ने कम्पनीमा छापा, एक जना समातिए



पहिलोपोस्ट

म्याद गुज्रिएका सामानमा रिलेभलिङ गर्ने कम्पनीमा छापा, एक जना समातिए

काठमाडौं : म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बिक्री गरेको अभियोगमा धापासीस्थित  एक गोदाममा प्रशासनले छापा मारेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीको सहयोगमा छापा मारेको हो। धापासीको श्री टोलमा रहेको गोल्डेन नेपाल सप्लाएर प्राइभेट लिमिटेडमा छापा मारेको थियो। गोदाममा म्याद गुज्रिएका खाद्य सामाग्रीहरुको नयाँ मिति राखेर बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।प्रहरीले कम्पनीका संचालक सविन घिमिरेलाई नियन्त्रणमा समेत लिएको छ भने गोदाम सिल गरिएको छ। काठमाडौंका यसअघि पनि विभिन्न स्थानमा यसरी नै म्याद गुज्रिएका सामानमा रिलेभलिङ हुँदै आएको छ। बेलाबेलामा प्रहरीले यसैगरी छापा मार्दै आएको पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell