PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नेपाली चलचित्र 'जुलुङ्गो'ले फ्लोरेन्स चलचित्र महोत्सवमा जित्यो 'आइरिस ७५' अवार्ड



पहिलोपोस्ट

नेपाली चलचित्र 'जुलुङ्गो'ले फ्लोरेन्स चलचित्र महोत्सवमा जित्यो 'आइरिस ७५' अवार्ड

काठमाडौं : नेपाली निर्देशक राजेश खत्रीद्वारा निर्देशित चलचित्र जुलुङ्गो 'अ स्केरक्रो' ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ।

निर्णायक मण्डलीले 'ए स्केयरक्रो' लाई भिजुअल सिम्बोलिजम र बाल अधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको हो। हिमाली समुदायको परिवेशमा आधारित यो चलचित्रले आफ्नी आमालाई स्केयरक्रो (बुख्याचा) बनाउन सहयोग गर्नका लागि विद्यालय जानबाट बन्चित भएकी किशोरीको कथा देखाउँछ।

'अ स्केरक्रो' शीर्ष पुरस्कारका लागि चयन भएको थियो। राजेश खत्री विद्यालयका शिक्षक पनि हुन्। उनको चलचित्रले किशोरीहरूलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई चित्रण गरेको छ।

'दुर्गम गाउँको एक शिक्षक भएको हुनाले मैले निर्दोष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने सौभाग्य पाएको छु,' खत्रीले भनेका छन्, 'जहाँ सधैँ म प्रत्येक विद्यार्थीको चिसा घरहरू, भत्किएका सपनाहरू, र उनीहरूको आँसुसँगै मेरा भावनाहरूलाई अनुभव गर्न सिक्छु।'

उनका अनुसार तिनै कथाहरूलाई प्रस्तुत गरी चलचित्रको माध्यमबाट उनले बालबालिकाको अधिकारको वकालत गर्न चाहेका हुन्। 'र यी कथाहरू संसारका सबै भागमा पुग्ने आशा गर्दछु,' खत्रीले भने।

युनिसेफको अनुसन्धान कार्यालय - इनोचेन्टीले आयोजना गरेको महोत्सवले आजको समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक दर्शाएका चलचित्रहरूको उत्सव मनाउँछ। फ्लोरेन्स (इटाली) मा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशहरूबाट ३९ वटा चलचित्रहरूको विशेष प्रदर्शन हुने गर्छ।

यूआईएफएफले बालबालिकाबारे चलचित्र निर्माणमा उत्कृष्टताको पहिचान गर्न र संसार भर बाल्यावस्थालाई चलचित्रको विषयवस्तुको रूपमा अन्वेषण गर्न प्रोत्साहित गर्नका लागि आइरिस अवार्ड स्थापना गरेको हो। यसको दोस्रो संस्करणमा ११४ देशहरूबाट कुल १७०० चलचित्र प्राप्त भएको थियो।

युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा 'युनिसेफ ७५ आइरिस' संसार भरी मनाइने यूआईएफएफको उत्कृष्ट चलचित्र सम्मान हो।

पुरस्कार जित्ने अन्य फिल्महरु यी हुन्

सर्वश्रेष्ठ चलचित्र, १८ भन्दा कम आइरिस

द गेम : नैरोबीको बस्तीमा बसोबास गर्ने बालबालिकाको एक समूहद्वारा बनाइएको यो छोटो नाटकले, उनीहरूलाई मन पर्ने खेल खेल्नको लागि उनीहरूले गरेको दृढ संकल्प र रचनात्मकताको कथा बताउँछ ।निर्णायक मण्डलीले किशोर चलचित्र निर्माताहरूको कलाका साथै किशोरहरूले आफ्नो लक्ष्य प्राप्तिका लागि परिस्थितिलाई बाधा बन्न दिँदैनन् भन्ने चलचित्रमा भएको सन्देशको पनि सराहना गरे ।

फेलिक्स ओमोन्डी, केल्सी ओच्येइङ , डन इश्माएल, माइकल ओकोथ, मात्शेपो, स्लम फ्रेम्स र ओएसिस अफ होप को सहयोगमा सामन्था सेलिन ओकोथद्वारा लिखित र निर्देशित।

 

सर्वश्रेष्ठ चलचित्र, महामारीमा बाल्यवस्था

अन्तरा : यो छोटो वृत्तचित्रले बन्दाबन्दीको कथालाई बंगलादेशको घना बस्तिमा बस्ने एउटा किशोरीको नजरबाट बताउँछ । किशोर नायिकाले गुम्सिएको भावनालाइ व्यक्त गर्न सक्षम भएको कारण निर्णायक मण्डलीले यो चलचित्रलाई चयन गरेका हुन् । 

फरिद अहमद  द्वारा लिखित र निर्देशित

सर्वश्रेष्ठ चलचित्र, खुला श्रेणी– गैर आख्यान

बिइङ समओन एल्स : यो वृत्तचित्रले कमिक कनको लागि तयारी गर्दै गरेकी एउटी तेह्र बर्षीय पात्रलाई पछ्याउँछ र उनको असक्षमताको कारण उनलाई पर्ने प्रभावलाई प्रतिविम्बित गर्दछ। आत्मीय चित्रण मार्फत अटिजम भएका बालबालिकालाई बुझ्ने यो नौलो परिप्रेक्ष्य भएको कारणले निर्णायक मण्डलीले यो चलचित्रलाई चयन गरेका हुन् । 

ओएभिन्द आम्लीद्वारा निर्मित र निर्देशित

सर्वश्रेष्ठ चलचित्र, खुला श्रेणी –आख्यान

द नेम अफ द सन : यो छोटो नाटक एउटा १३ वर्षीय ट्रान्सजेन्डर किशोरका बारेमा हो जो छुट्टीमा आफ्नो बुबा र कान्छी बहिनीसित एउटा यात्रामा निस्कन्छ र यो नयाँ निकटताले उनीहरूको सम्बन्धको परीक्षा लिन्छ । निर्णायक मण्डलीले यो चलचित्रमा बुबा र छोरा बीचको सम्बन्ध बारे गरिएको संवेदनशील चित्रणको प्रशंसा गरे ।

मार्टिना मात्ज्किनद्वारा लिखित र निर्देशित

विशेष उल्लेख, निर्देशन

आइल्याण्ड लिभिङ : आइसल्याण्डको पूर्वी फोजर्ड्सको पृष्ठभूमिमा निर्मित यस चलचित्रमा एउटा किशोरले संगीतको शक्ति मार्फत मित्रता भेट्टाउँछ । तर ग्रीष्म ऋतुको अन्त्य सँगै उसले सामाजिक अनुरूपता अनुसार आफ्नो व्यक्तित्वलाई स्थापित गर्न संघर्ष गर्दछ।दृश्यहरू बीचको सूक्ष्म भावनात्मक परिवर्तनहरूले यस प्रतिरोधलाई सुन्दरतापूर्वक कैद गर्दछ ।

भिक्टर सिगुर्योन्सन द्वारा निर्देशित

 

विशेष उल्लेख, लेखन

प्रश्न : मौसमी उखु मजदुरहरू कामको लागि एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्नाले उनीहरूको छोराको शिक्षामा बाधा पुग्छ।आर्थिक र जातीय यथार्थताको बावजुद, उनीहरूले एउटा बाटो खोज्छन्।आफ्नो सरलता र संसारभरिका लाखौं बालबालिकालाई प्रभावित गर्न सक्ने सन्देशका कारण यो छोटो नाटक निकै शक्तिशाली छ।

सन्तोष रामद्वारा लिखित र निर्देशित

 

युआइएफएफ विशेष पुरस्कार

इराकस लस्ट जेनरेशन : उत्तरपूर्वी सिरियामा, हजारौं "आईएसआईएस का बालबालिका" बिना कुनै विद्यालय, सेवा र अधिकार जीवन व्यतित गरिरहेका छन्। यो वृत्तचित्रले यस्ता बालबालिकासित भेट गराउँछ जो रेसिलियन्स र बदलाको परिस्थितिमा बाँचेर पनि आफ्नो भविष्य खोज्ने प्रयासमा छन् । साथै यो वृत्तचित्रले आधुनिक युद्धले बालबालिकामा हुने विनाशकारी प्रभाव बारे पनि चित्रण गर्दछ ।

यूआइएफएफ विशेष पुरस्कार

द सिटी विदिन : अपाङ्गता बारे नयाँ दृष्‍टिकोण प्रदान गर्ने, यस चलचित्रले एउटा दृष्टिविहीन केटा आफ्नो इटालियन नागरिकताको पर्खाइमा रहेको र बन्दाबन्दिको समयमा घरभित्र फसेको एउटा बालक तथा उनीहरूको घर भएको बोलोग्ना शहर बारे दर्शकहरूलाई परिचय ।

आना डि मानिन्कोर द्वारा लिखित र निर्देशित

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell