PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधान न्यायाधीश र न्यायाधीश बिचको टकराबले आज पनि इजलास प्रभावित



पहिलोपोस्ट

प्रधान न्यायाधीश र न्यायाधीश बिचको टकराबले आज पनि इजलास प्रभावित

काठमाडौं : प्रधान न्यायाधीश र न्यायाधीश बिच देखिएको टकराबका कारण आज दोस्रो दिन पनि सर्वोच्च अदालतको इजलास प्रभावित बनेको छ।

आज प्रधान न्यायाधीशले ८ वटा इजलास तोकेका छन्। १५ जना सर्वोच्च अदालतका न्यायाधीशलाई प्रधान न्यायाधीश जबराले इजलास निर्धारण गरेको भए पनि २ बजेसम्म कुनै पनि इजलासमा सुनवाइ भएको छैन। सोमवार पनि प्रधान न्यायाधीश राणाले ७ वटा इजलास तोकेका थिए। जसमा २ सय १६ वटा पेशी चढेका थिए। सोमवार पनि न्यायाधीशहरु बैठक र छलफलमा हुँदा इजलास प्रभावित भएको थियो।

आज पनि प्रधान न्यायाधीशले २ सय १६ वटा पेशी तोकेका थिए। 

मंगलबार बिहान ११ बजे प्रधान न्यायाधीश र न्यायाधीशहरु बिच बैठक भएकाले पनि आज इजलास प्रभावित भएको हो। बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर राणाले संवैधानिक दायित्व भएकाले आफूले राजीनामा नदिने अडान लिएका छन्। यससँगै प्रधान न्यायाधीश र न्यायाधीशहरु बिचको द्वन्द्व थप चर्किने देखिएको छ। 

प्रधान न्यायाधीशसँगको बैठकपछि थप छलफलका लागि भन्दै न्यायाधीशहरु अर्को बैठकमा जुटेका छन्। बिहानदेखिका बैंठक र छलफलले दुई दिनदेखि सर्वोच्च अदालतको इजलास प्रभावित हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell