PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

विकास गर्न नसक्ने सरकारले कर्मचारी सरुवाको आतंक मच्चाएको ओलीको आरोप



पहिलोपोस्ट

विकास गर्न नसक्ने सरकारले कर्मचारी सरुवाको आतंक मच्चाएको ओलीको आरोप

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासको काम गर्न नसक्ने सरकारले कर्मचारीको सरुवा आतंक मच्चाएको आरोप लगाएका छन्। 

मंगलवार नेकपा एमालेको पालिकास्तरीय अधिवेशनको संयुक्त रुपमा उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 

'१४ सय सडक निर्माण गर्न सक्दिन भनेर हात उठाउने अनि कर्मचारीमा सरुवा आतंक मच्चाएको छ। राजदूत फिर्ता लिएको छ,' उनले अगाडि भने, 'समृद्ध नेपाल सुखी नेपाली नेकपा एमालेले मात्र ल्याउन सक्छ। अरुले उच्चारण पनि गर्दैनन्। गर्नै नसक्ने भए पछि उच्चारण नै गर्दैनन्।'

उनले विकास निर्माणका लागि सरकार नबनेको आरोप लगाए। 'विकासका लागि सरकारमा गएका होइनन्। आफ्ना मान्छे नियुक्ति गर्न गएका हुन्,' उनले भने। 

उनले संविधानको रक्षा गर्ने पार्टी एमाले मात्र रहेको बताउँदै उनले नेकपा एमालेलाई नमुना लोकतान्त्रिक पार्टी भएको दाबी गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell