PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सनिल विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा



पहिलोपोस्ट

सनिल विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा
फाइल फोटो: राखेप

काठमाडौं: नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन्।

सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगिताको ६७ केजीमा इराकका अल ओहाइडीबाट वाक ओभर पाउदै सनिल अन्तिम ३२ मा प्रवेश गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्। सनिलले अक्टोबर २८ तारिखमा आयोजक सर्बियाका अब्बासोभ भाकिडसँग प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा सनिलसहित ४ नेपाली खेलाडी सहभागी छन्।

विश्वका १०५ राष्ट्रको १३ वटा तौल समुहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको यस बक्सिङ् प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागी एक लाख डलर, रजतपदकको लागि पचास हजार डलर र काश्यपदक जित्ने दुई जनाको लागि पच्चीस/पच्चिस हजार डलर पुरस्कारको प्राप्त गर्नेछन्।

नेपालबाट ४८ के.जी. तौल समुहमा रविनथापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीको सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell