PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

मध्यपुर थिमिमा ग्यास लिक हुँदा घरमा आगलागी



पहिलोपोस्ट

मध्यपुर थिमिमा ग्यास लिक हुँदा घरमा आगलागी
प्रतिकात्मक फाइल फोटो

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानो थिमिबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। आगलागीका कारण करिब पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell