PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

थपिए ६६६ कोरोना संक्रमित, ७३ हजार ४२७ जनाले लगाए खोप



पहिलोपोस्ट

थपिए ६६६ कोरोना संक्रमित, ७३ हजार ४२७ जनाले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा ६६६ जना कोभिड १९ संक्रमित थपिएका छन्। १२ हजार २० जनाको परीक्षण गर्दा ६६६ जनामा संक्रमण देखिएको हो।

यस्तै, ६२२ जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या १० हजार २९६ पुगेको छ।

संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ३७२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।   

यस्तै, पछिल्लो २४ घण्टामा ७३ हजार ४२७ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell