PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

वीरगंजमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय स्थापनाको लागि प्रदेश २ सरकारद्वारा दुई अध्यादेश सिफारिस



राधेश्याम पटेल

वीरगंजमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय स्थापनाको लागि प्रदेश २ सरकारद्वारा दुई अध्यादेश सिफारिस

वीरगंज : प्रदेश नम्बर २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ। प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापनासम्बन्धि अध्यादेश सिफारिस गरेको हो।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्नेछ। कृषि तथा प्राविधिकसम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको हो।

जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो। त्यसैगरी, प्रदेश सरकारले ‘ग्रिनसिटी, क्लिन सिटी’ अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगंजमा सरसफाई, विजुली बत्ती तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय समेत गरेको प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बताए।

गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाही गरिने

प्रदेश २ सरकारले प्रदेश २ मा सञ्चालित विभिन्न योजनमा गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाही गर्ने जनाएको छ। मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहीन काम गरिरहेको पाईए त्यस्ता ठेकेदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचिमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell