PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा, नदिए देशव्यापी आन्दोलन गर्ने



पहिलोपोस्ट

बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा, नदिए देशव्यापी आन्दोलन गर्ने

काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए नेपाल बार एशोसिएशनले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ।

मंगलबार राति अबेरसम्म चलेको बैठकले तत्काल पदबाट राजीनामा दिन जबरालाई आग्रह गरेको छ। राजीनामा नदिए सम्पूर्ण बार इकाईबार्फत आन्दोलन अघि बढाउने निर्णय बारले गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। 

न्यायालयको प्रमुख समस्या नै प्रधानन्यायाधीश रहेको भन्दै बारले राजीनामा अनिवार्य शर्त मानेको हो। 

न्यायलयकाे राजनीतिकरणमा संसदीय सुनुवाइ र न्याय परिषद्को संरचना समेत जिम्मेवार रहेको बारको निष्कर्ष छ। यस्तै कार्यपालिकाले न्यायाधीशलाई पदक दिएकोमा पनि बारले आपत्ति जनाएको छ।

यसअघि मंगलबार नै बारका सल्लाहकारहरुले समेत राजीनामा माग गर्न सुझाएका थिए। अधिकांश सल्लाहकारले राजीनामा नदिए बारले सशक्त आन्दोलन गर्नुपर्ने सुझाव दिएका थिए। 

सल्लाहकारको समेत सुझावका आधारमा बारले राजीनामा नदिए आन्दोलन गर्ने निर्णय गरेको हो। 

यसअघि सर्वोच्च अदालत बार एशोसिएशनले पनि जबराको राजीनामा माग गरेको थियो। चार पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश फोरम, न्यायाधीश समाज, संवैधानिक कानुन व्यवसायी मञ्च लगायतले जबराको राजीनामा माग गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell