PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

टी २० विश्वकप: पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्याण्ड पाँच विकेटले पराजित



पहिलोपोस्ट

टी २० विश्वकप: पाकिस्तानको लगातार दोस्रो जित, न्युजिल्याण्ड पाँच विकेटले पराजित
Alex Davidson/Getty Images 1

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डमाथि ५ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। यसअघिको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित निकालेको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

सुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डका लागि डार्यल मिचेल र डेभोन कोनवेले सर्वाधिक समान २७ रन बनाउँदा कप्तान केन विलियमसनले २५ रन बनाएका थिए। त्यस्तै मार्टिन गुप्टिलले १७ रन बनाउँदा ग्लेन फिलिप्सले १३ रन बनाएका थिए। न्युजिल्याण्डलाई सामान्य स्कोरमा समेट्न पाकिस्तानका हरिस रउफले सर्वाधिक ४ विकेट लिँदा शहीन शाह अफ्रीदी, इमाद वसिम र मोहम्मद हफिजले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३३ रन बनाउँदा आशिफ अलि र शोएब मलिकले अविजित २७ र २६ रन बनाए। त्यसबाहेक फकर जमान र मोहम्मद हफिजले समान ११ रन बनाए।

बलिङतर्फ न्युजिल्याण्डका इस सोधिले २ विकेट लिँदा मिचेल स्यान्टनेर, टिम साउथी र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिए।

आजै सम्पन्न पहिलो खेलमा साउथ अफ्रिकाले वेस्टइण्डिजलाई ८ विकेटले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell