PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

इक्वेडरमा इन्धनको मूल्यवृद्धी : विरोधमा सडकमा निस्किए आदिवासी समुदाय



पहिलोपोस्ट

इक्वेडरमा इन्धनको मूल्यवृद्धी : विरोधमा सडकमा निस्किए आदिवासी समुदाय
Photo : Vicente Gaibor del Pino/Reuters

इक्वेडरमा आदिवासी समुदायले 'पारो नेसिवनल' (देशव्यापी सटडाउन) घोषणा गरेका छन्। इन्धनमा भएको मूल्यवृद्धीको विरोधमा उनीहरुले मुख्य सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा राष्ट्रपति निवासतर्फ जान खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो। त्यसक्रममा प्रहरीले ३० भन्दा बढी व्यक्तिलाई पक्राउ समेत गरेको छ।

आदिवासी समुदाय र नागरिक समाजले राष्ट्रपति गुइलेरोमो लास्सोले इन्धनमा बढाएको मूल्य फिर्ता हुनुपर्ने भन्दै विरोध जनाउँदै आएका थिए।

प्रदर्शनरत् पक्षले मूल्यवृद्धी फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell