PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

बहिनी अर्पिताको श्रीमानसँग फिल्ममा भिड्दै सलमान खान



पहिलोपोस्ट

बहिनी अर्पिताको श्रीमानसँग फिल्ममा भिड्दै सलमान खान

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ को ट्रेलर रिलिज भइसकेको छ। एक्सन जनराको यो फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन्। आयुष शर्मालाई ग्याङ्स्टारको भूमिकामा देख्न सकिन्छ। आयुष शर्मा सलमानकी बहिनी अर्पिता खानको श्रीमान् हुन्। सलमानले यसअघि पनि आयुषलाई लिएर फिल्म निर्माण गरेका थिए।

यस फिल्ममा सलमान खान दोस्रो पटक सरदारको भूमिकामा देखिएका छन्। १३ वर्ष अघि उनी सन् २००८ मा फिल्म 'हिरोज' मा सरदारको भूमिकामा देखिएका थिए।

महेश मान्जरेकरको निर्देशन रहेको यस फिल्ममा सलमान खानकै लगानी रहेको छ। फिल्ममा सलमान खानका साथै आयुष शर्मा, जायसवाल र महिमा मकवानाको पनि मुख्य भूमिका रहेको छ।

पोस्ट प्रोडक्सनको बेला अभिनयमा कमी महसुस गरेपछि सलमानले मुम्बई र प्रहरी कार्यालयमा आफ्नो भूमिका पुन: छायाङ्कन गरेका थिए। जसकारण फिल्ममा १० मिनेटको दृश्य थपिएको छ। फिल्म २६ नोभेम्बरबाट सिनेमा हलमा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell